निर्यात व्यापार पौने ३ खर्ब पुग्दा कुन वस्तु निर्यात कति ?

गत आव १ खर्ब ६ अर्ब ७९ करोड रुपैयाँ बराबर सोयाबिन तेल निर्यात भएको छ । अघिल्लो आव ९० करोड २५ लाख १ हजार बराबरको निर्यात भएको थियो ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यात व्यापार पौने ३ खर्ब रुपैयाँ पुगेको छ।
  • सोयाबिन तेल निर्यात १ लाख १७ हजार ३ सय ३३ प्रतिशतले बढेर १ खर्ब ६ अर्ब ७९ करोड पुगेको छ।
  • भारततर्फको निर्यात ११७.८ प्रतिशतले बढेर २ खर्ब २४ अर्ब ६८ करोड पुगेको छ।

११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यात व्यापार पौने ३ खर्ब पुग्यो । भन्सार विभागका अनुसार वस्तु निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबर भएको छ ।

गत आव निर्यात ८१.०८ प्रतिशतले बढेको हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार यस वर्ष नेपालबाट निकासी भएका मुख्य वस्तुमा सोयाबिन तेल, फलाम तथा फलामका उत्पादन, यार्न, सूर्यमुखी तेल, ऊनी गलैँचा, तयारी पोसाक, जुट तथा जुटका सामान, जुस, अलैँची, प्लाइउड, ऊनी फेल्टका सामान, चिया, कुकुर बिरालाका आहारा, पिना, पश्मिना सल, कपडा, कत्था, पामतेल, चाउचाउ, सिमेन्ट मुख्य छन् ।

केन्द्रका अनुसार गत आव सोयाबिन तेल निर्यात १ लाख १७ हजार ३ सय ३३ प्रतिशतले बढेर १ खर्ब ६ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो आव ९० करोड २५ लाख १ हजार बराबरको निर्यात भएको थियो । फलाम तथा तिनका उत्पादन निर्यातमा भने ६.०१ प्रतिशतले ह्रास आएको देखिन्छ । यस्ता उत्पादनको निर्यात १६ अर्ब ३६ करोडमा झरेको छ ।

यस अवधिमा निर्यातमा १९.८५ प्रतिशतले बढेर १४ अर्ब ४० करोड पुगेको तथ्यांक छ । ऊनी गलैँचा निर्यात यस अवधिमा १.९३ प्रतिशतले वृद्धि भएको छ । जस अनुसार १० अर्ब ७८ करोड पुगेको छ ।

त्यस्तै तयारी पोसाक निर्यात भने २.३९ प्रतिशतले ह्रास आएर ८ अर्ब ७५ करोड कायम भएको छ । प्लाइउड निर्यात ४.२६ प्रतिशत घटेर ७ अर्ब ०९ करोड भएको छ ।

यस अवधिमा ऊनी फेल्ट निकासीमा ७.१६ प्रतिशतले वृद्धि भई ५ अर्ब १४ करोड पुगेको छ । सूर्यमुखी तेल निर्यात ७ हजार ४ सय ३६ प्रतिशतले बढेर १२ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो आव १६ करोड ३५ लाखको मात्र निर्यात भएको थियो ।

कृषिजन्य वस्तु निर्यातमा लिड गरिरहेको अलैँची निर्यात ३.२४ प्रतिशतले खुम्चिएको छ । अलैँची निर्यात ७ अर्ब ६८ करोडमा झरेको छ । चियाको निर्यात भने २६.६४ प्रतिशतले बढेर ४ अर्ब ५९ करोडमा पुगेको छ । अदुवा निर्यात ५०.३८ प्रतिशतले घटेर ५८ करोडमा सीमित भएको छ । पीना (आयल केक) निर्यात २२.८० प्रतिशत बढेर ३ अर्ब ६३ करोड पुगेको छ ।

भारततर्फको निकासी ११७.८ प्रतिशतले बढेर २ खर्ब २४ अर्ब ६८ करोड पुगेको केन्द्रले जनाएको छ । नेपालबाट सामान अमेरिका, जर्मनी, बेलायत, चीन, फ्रान्स, अस्ट्रेलिया, जापान, इटाली, क्यानडा, टर्की, नेदरल्यान्ड्स र अफगानिस्तानमा जाने गरेका छन् ।

भन्सार विभाग

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here