निर्माण भइरहेको काभ्रेको महाभारत

काभ्रेको कर्णली भनेर चिनिने महाभारत गाउँपालिका सुगम बन्दै गइरहेको छ । अझ भनौ पछिलो समय महाभारत विकासमा फड्को मार्दै छ ।तीन दिन सम्म हिडेर सदरमुकाम आउनुपर्ने बाध्यतामा रहेका त्यहाँका स्थानीय अहिले विहान सदरमुकाम आईकन साँझ बनखु पुग्ने गरेका छन् । महाभारत ६ का स्थानीय इमान सिं मोक्तानले कोल्टारबाट पनौती ३ दिन हिडेर पुग्न पर्ने बाध्यताको अन्त्य हुदै गएको बताए । हिँडेर सदरमुकाम गइरहेकोमा आँगनबाटै गाडी चढ्नपाएपछि औधी खुशी लागेको बताए । उनले आफुहरुले उत्पादन गरेका सामाग्री समेत बजारमा बेच्न सकिनेभएपछि स्थानीयको आम्दानीको श्रोत बढ्ने बताए ।स्थानीय तहको निर्वाचन पश्चात महाभारतमा सडक, विजुली, सिंचाई लगायतका कामहरु अगाडी बढेका थिए । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विपी राजमार्गसँग जोडिने गरी पिन्थली–रजवास–चारकिल्ला–देबिटार–घर्तिछाप–गोकुले सडक जोड्ने पक्कि सडकको निर्माण भइरहेको जानकारी दिए । ४९ करोड लागतमा बन्न लागेको सडकको ग्याविन वाल, ग्रेडिङ लगायतका काम भइरहेको छ । प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको वडा नं ६ र ८ को सिमानाको तीनखुट्टेमा पक्की पुलको काम अघि सरेको छ । गाउँपालिका अध्यक्ष जिम्बाका अनुसार राष्ट्रिय प्रशारण लाइनमा जोडिनेगरी पोल गाड्ने र तार तान्ने काम भईरहेको छ ।

त्यस्तै गाउँपालिकाको आफ्नै भवन तथा वडा नं ५, २, ७ र ३ मा पक्की भवन बनिसकेको तथा वडा नं १, ४, ६, ८ मा निर्माणधिन रहेको गाउँपालिकाले जनाएको छ ।

frontline

त्यस्तै इलाका प्रशासन कार्यालय स्थापना गरी सेवा शुचारु गरिएको, क बर्गको इलाका प्रहरी कार्यालय स्थापना, भुकम्प पश्चात ३८ वटा विद्यालय भवनहरु निर्माण सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष जिम्बाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here