निर्धारित समयमै सडक कालोपत्रेको काम सम्पन्न गर्न मेयर रिजालको निर्देशन ।

फ्रन्टलाइन, दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजालले सडक कालोपत्रेको काम समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । ठेकेदारको लापरबाहीले लामो समयदेखि अलपत्र पर्दै आएकोे खोटाङको महुरे–राजापानी सिमपानी सडकको काम सुचारु गराउँदै नगरप्रमुख रिजालले समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
निर्माण कार्यमा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकार र प्रशासनले चासो देखाएपछि कामको जिम्मा लिएको भरत कन्ट्रक्सन÷सिद्धी शाही जेभीसंग अर्को नयाँ निर्माण कम्पनी ग्राइन डिजाइन एण्ड कन्ट्रक्सनले सम्झौता गरेर बुधवारबाट काम शुरु गरेको हो ।
महुरे–राजापानी सिमपानी भञ्ज्याङ (२२ किलोमिटर) खण्डको कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा स्थलगत निरिक्षण गर्न बुधवार सडक निर्माणस्थल पुग्नुभएका नगरप्रमुख रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा सहितको टोलीले निर्माण कम्पनीका प्रमुख दिनेश पुडासैनीलाई भेटेर महुरेको जिरो प्वइन्टबाट काम शुरु गराएको हो । निर्माण कम्पनीका प्रमुख पुडासैनी डेढदेखि दुई वर्षभित्रमा काम पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here