निर्धारित समयमै निर्वाचन सम्पन्न गरि मुलुकलाई निकास दिनु पर्दछ- उप मेयर वीरेन्दनगर नगरपालीका

निर्वाचित जनप्रतिनिधिलाई जनताले दिएकाे म्याण्डेड भनेको अाफ्नाे पार्टी , झण्डा र चुनाव चिन्हलाई अात्मसाथ गर्दै निर्वाचनको बेला जनताको माझमा जादा लगेकाे घाेषणापत्र र अाफुले गरेको प्रतिवद्धता अनुसार काम गर्दै देश विकास र जनताको सेवामा अाफ्नाे अवधिभर निरन्तर खटिएर काम गर्नु भन्ने हाे । जसको मुल्यांकन निर्वाचनमा जनता अाफैले गर्दछन् । तर निर्वाचित भए संगै यी सबै कुराकाे बेवास्ता गरि अाफ्नाे सिद्धान्त विपरीत दलिय मर्यादा विपरित व्यक्तिगत महत्वाकांक्षा र गुटगत मानसिकताले ग्रस्त हुदै जनताको म्याण्डेड लत्याउदै , जनमतको अपमान गर्दै अप्राकृतिक गठबन्धन बनाउदै सधै अाफ्नै सरकारकाे बिराेधि गतिविधिमा सामेल हुँदै सरकार असफल बनाउन प्रयत्न गर्ने , जनताले पार्टीलाई दिएको मतबाट जनप्रतिनिधि भई पार्टीको चुनाव चिन्ह लत्याउदै अन्यत्र भाेट हाल्ने जस्ता अत्यन्त गैर राजनीतिक चरित्र प्रदशित गर्ने नेतृत्व गणहरुनै लाेकतन्तका प्रतिगमनका मतियारहरु हुन । सम्माननिय प्रधानमन्त्रीज्यूले संविधानकाे कार्यान्वयनको लागि बाध्यात्मक अवस्थामा मध्यावधि निर्वाचनको घाेषणा गर्नुभएको हाे जनताको माझमा जाने कुरा प्रतिगमन हाेइन अग्रगमन हाे । सम्माननिय राष्ट्रपतिज्यूले संविधानले दिएकाे जिम्मेवारी पुरा गर्नुभएकाे हाे । तसर्थ अब काेराेना संकटको सामना गर्दै सरकार अाम नागरिकको जीवन रक्षामा दत्तचित्त भएर लाग्नु पर्दछ । निर्धारित समयमै निर्वाचन सम्पन्न गरि मुलुकलाई निकास दिनु पर्दछ । यसमा हामी सबै सचेत नागिरकहरुकाे साथ , सहयाेग समर्थन रहिरहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here