निर्णय सुनाउने दिन सर्वोच्च अदालतले भन्यो, ‘अर्को मुद्दा पनि साथै राख्नु’

१६ असोज, काठमाडौं । सर्वोच्च अदालतले निलम्बित सहसचिव चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण निवेदनमा उनका विरुद्ध परेको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा समेत पेस गर्न आदेश दिएको छ ।

कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य चुडामणि शर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि निर्णय सुनाउने मिति तोकेका दिन सर्वोच्च अदालतले फेरि अर्को मुद्दा पनि साथै राख्नु भनी आदेश दिएको हो ।

frontline

न्यायाधीशहरु डा. नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले चुडामणि शर्माविरुद्ध अख्तियारले दर्ता गरेको गैरकानूनी सम्पत्ति आर्जनको अर्को मुद्दा पनि पेस गर्नु भनी आदेश दिएको हो ।

महत र शर्माले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनको साथमा सर्वोच्च अदालतले उनीहरुको भ्रष्टाचारमुद्दाको पनि सुनुवाइ गरेको थियो । लगातार चार दिन सुनुवाई गरेर सर्वोच्च अदालतले मंगलबार निर्णय सुनाउने मिति तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here