निरन्तरको वर्षाले सुदूर पहाडको जनजीवन प्रभावित

फाइल तस्बिर

२५ असोज, काठमाडौं । निरन्तरको वर्षाले सुदूर पहाडको जनजीवन प्रभावित बनेको छ ।

वर्षाले दैनिक कामकाज गर्न, विद्यालय जाने बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने मजदुर, किसान लगायत सबै क्षेत्र प्रभावित बनेको छ ।

frontline

वर्षाले विद्यार्थीको उपस्थिति पनि न्यून रहेकाले पठनपाठन कार्य पनि प्रभावित भएको दोगडाकेदार–७ स्थित भुमेश्वर माविका शिक्षक कृष्णसिंह विष्टले बताए । वर्षाले जाडो पनि बढायो, यसले बालबालिका पनि उपस्थित कमै भएका विष्टको भनाइ छ ।

पानीकै कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा पनि अवरुद्ध छ । सोलार प्यानलबाट सञ्चालित कतिपय नेपाल टेलिकमका टावरमा घाम नलाग्दा सञ्चार सेवा रोकिएको हो ।
 
पानीका कारण खेतमा काटेको धान र भित्र्याउन तयार भएको धानमा क्षति पुगेको दोगडाकेदार–३ श्रीकोटका दलजित विष्टले बताए । खरफागलामा काटेको खर पनि वर्षाका कारणले कुहिन थालेको स्थानीय भागरथी भट्टले बताइन् ।

केही ठाउँमा काटेको खर कुहिन थालेको र कुनै ठाउँका किसानले खर काट्न नपाउँदा  किसान चिन्तित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here