नियम विपरीत निजी सुरक्षामा खटिएका २२१ प्रहरी फिर्ता

१४ पुस, काठमाडौं । नियम विपरीत निजी सुरक्षामा खटिएका २२१ जना प्रहरी फिर्ता भएका छन्। नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकप्रसाद राईका अनुसार कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता भएका हुन्।

बिहीबारसम्म १०३ जना नेपाल प्रहरीका कर्मचारी फिता भए। जसमा ३१ जना चालक छन्। प्रहरीको सवारी चालकलाई गृह मन्त्रालयका कर्मचारीले नियम विपरीत व्यक्तिगत सवारी चालकको रूपमा प्रयोग गरिरहेका थिए।

frontline

त्यस्तै नियम विपरीत भीभीआइपी सुरक्षामा खटिएका ११८ जना सशस्त्र प्रहरीका कर्मचारी फिर्ता भएका छन्। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता पुरुषोत्तम थापाका अनुसार ११८ जना सशस्त्र प्रहरी फिर्ता भएका हुन्। उनले भने, ‘भीभीआइपीको सुरक्षामा सशस्त्र प्रहरी खटाइने कार्यविधिमा उल्लेख छ। नियमविपरीत खटिएका प्रहरी फिर्ता सशस्त्र प्रहरी फिर्ता भएका हुन्।’

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार यो संख्या उपत्यकाको मात्रै हो। केही दिनमै देशभरि नियमविपरीत यसरी खटिएका सबै प्रहरी फिर्ता हुनेछन्।

प्रहरी प्रधान कार्यालयबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रूपमा खटिएका सुरक्षा अधिकारीहरूसमेत फिर्ता भएका छन्। गृहमन्त्री रवि लामिछानेले नियम मिचेर व्यक्तिगत रूपमा सुरक्षाकर्मी राखिएको भए २४ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here