नियमित योग अभ्यासले व्यक्ति तनावबाट मुक्त र स्वस्थ हुन्छ : प्रधानमन्त्री देउवा

फाइल तस्बिर

७ असार, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियमित योग अभ्यासले व्यक्ति तनावबाट मुक्त र स्वस्थ हुने बताएका छन्।

मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले योगले काममा सकारात्मक गुण र कार्यक्षमताको विकास गर्ने बताएका हुन्। 

frontline

नियमित योगले रोगप्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुने उनको भनाई छ। अन्तर्राष्ट्रिय योग दिवस मनाउने परम्पराले हामी सबैलाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।

देउवाले महाभारतको प्रसंग उल्लेख गर्दै योग कार्यक्रमले नेपाल र भारतको सम्बन्ध थप प्रभावकारी हुने उल्लेख गरे।

जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन भारतले संयुक्त राष्ट्र संघमा राखेको प्रस्तावलाई नेपालले समर्थन गरेकोसमेत देउवाले स्मरण गरे। उनले योग कार्यक्रम गरेकोमा भारतीय दूतावासलाई धन्यवादसमेत दिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here