निमोनियाकी बिरामी न्युस्मा राईको उपचारका लागि लेटाङ नगरपालिकाको सहयोग

लेटाङ नगरपालिकाले निमोनियाकी बिरामी न्युस्मा राईको उपचारका लागि रु १५ हजार रुपैया सहयोग गरेको छ । बुधबार नगरप्रमुख शंकर राईले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

मोरङ जिल्लाको लेटाङ ८ घर भएकी न्युस्मा राई विराटनगरको विराट नर्सिङ होममा उपचार गराइरहेकी छिन् । उनको उपचारको लागि दैनिक करिब ४५ हजार भन्दा बढी खर्च हुने भएपछि सहयोगको अपिल गरेकी हुन् ।

frontline

त्यस्तै गत महिना आफ्नो २ तले काठको घर आगलागी भएर पुर्ण क्षति हुँदा करिब ५० लाख बराबरको धनमाल जलेर खरानी भएका लेटाङ ९ जाँतेका दिनेश राईलाई रु ५० हजार रुपैया सहयोग गरिएको लेटाङ नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here