निजी स्वास्थ्य संस्था संघर्ष समितिले प्रजिअलाई ज्ञापन पत्र

Exif_JPEG_420

मेवालाल यादव
चैत ६ रौतहट
जिल्लाको उत्तरी भेगमा पर्ने चन्द्रपुर नगरपालिका स्थित निजी स्वास्थ्य संस्थाहरूको मापदण्ड र संचालन अनुमति सम्बन्धी विवाद सशक्त रुपमा उठेको छ। हालै, निजी स्वास्थ्य संस्था संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै, चन्द्रपुर नगरपालिकाबाट ३५ दिने अस्थायी अनुमति पत्र प्राप्त गरेका स्वास्थ्य संस्थाहरूलाई स्थायी अनुमति प्रदान गर्नको लागि त्वरित कदम चाल्न अनुरोध गरेको हो । समितिको भनाई अनुसार, चन्द्रपुर नगरपालिका भित्र रहेका निजी स्वास्थ्य संस्थाहरूले मापदण्ड पूरा गरि ३५ दिने अस्थायी अनुमति पत्र प्राप्त गरेका भएता पनि नगरपालिकाबाट स्थायी अनुमति पत्रको प्रक्रिया अझै पूरा हुन सकेको छैनन् ।

frontline


समितिले प्रमुख जिल्ला अधिकारीसँग गरेको पत्राचारमा उल्लेख गरेका छन् कि, यदि निजी स्वास्थ्य संस्थाहरू बन्द भए भने यहाँका गरीब र असहाय बिरामीहरूको स्वास्थ्य उपचारमा गम्भीर समस्या उत्पन्न हुनसक्ने भएको हो । त्यसकारण, यस मुद्दामा तत्काल समाधान गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ रहेको हो ।
समितिको दावी अनुसार, चन्द्रपुर नगरपालिका प्रमुख ज्युको अध्यक्षतामा मिति २०८१/१२/०३ मा बसेको बैठकमा सहमतिको आधारमा १० दिन भित्र मापदण्ड पूरा गरी स्थायी अनुमति पत्र प्रदान गर्ने निर्णय गरिएको थियो। तर, अहिलेसम्म कुनै पनि सकारात्मक कदम चालिएको छैनन् । यसले निजी स्वास्थ्य संस्थाहरूको भविष्य र यहाँका नागरिकहरूको स्वास्थ्य उपचारमा गम्भीर असर पार्न सक्ने चिन्ता समिति र स्थानीय समुदायले व्यक्त गरेका हुन् ।
समितिका सदस्य मुकेश कुमार गुप्ताले पत्रमा उल्लेख गरे अनुसार, स्वास्थ्य संस्थाहरू बन्द हुँदा केवल आर्थिक अप्ठ्यारो मात्र होइन, बिरामीहरूको जीवनको पनि संकट उत्पन्न हुनेछ। यसअघि चन्द्रपुर नगरपालिकामा एक निजी स्वास्थ्य संस्थामा उपचार गराउँदै एक बिरामीको मृत्यु भएको घटनाले डाक्टर र बिरामी बीचको सम्बन्धलाई थप तनावपूर्ण बनाएको हो ।
समितिले प्रमुख जिल्ला अधिकारीसँग अनुरोध गरेको छ, यस मुद्दामा चाँडो र प्रभावकारी कदम चाल्न र नगरपालिकाले स्थायी स्वास्थ्य संस्था संचालन अनुमति पत्र छिटो जारी गर्न समन्वय गरियोस्। समितिले स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको निरन्तरता र जनताको स्वास्थ्यमा कुनै प्रकारको विघटन नहोस् भन्ने आशा व्यक्त गरेको छ।
यस सन्दर्भमा चन्द्रपुर नगरपालिकाले ३५ दिने अस्थायी अनुमति पत्रको मापदण्ड पूरा गरि स्थायी अनुमति पत्र जारी गर्ने प्रक्रिया छिटो अगाडि बढाउनुपर्नेमा जोड दिएको हो । यदि समयमै समाधान नभए, भने निजी स्वास्थ्य संस्थाहरूले आन्दोलनको बाटो समात्ने चेतावनी दिएका छन्।
समितिको अनुसार, चन्द्रपुरका नागरिकहरूको स्वास्थ्य सेवा सजिलै उपलब्ध गराउन, र स्वास्थ्य संस्थाहरूलाई बन्द हुनबाट बचाउन तत्काल समाधान आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here