निजी कम्पनीले पैसा खुवाएका बैठक बहिस्कार गरेको हुँ’- बालेन
काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन) ले निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको जनाएका छन् । बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै सो जनाएका हुन् ।
मेयर्स फोरमको मंगलबार बसेको पाँचौं बैठकमा उपस्थित भएका नगरप्रमुख शाह फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले बोल्न नदिएको भन्दै बैठकबाट बाहिरिएका थिए । सोही घटनालाई मध्यनजर गरी उनले सो स्ट्याटस लेखेका हुन् ।
प्रतिक्रिया दिनुहोस्