निजामती विधेयकबारे लोक सेवा आयोगसँग छलफल गर्दै संसदीय उपसमिति

१८ फागुन, काठमाडौं । संघीय निजामती विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभा अन्तर्गतको संसदीय उपसमितिले लोक सेवा आयोगसँग छलफल गर्दैछ ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु नेतृत्वको उपसमितिले आज आयोगका पदाधिकारीलाई छलफलमा बोलाएको छ । बैठक सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्नेछ ।




छलफलमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सहित आयोगका सदस्यहरू सहभागी हुँदैछन् ।
यही फागुन ९ गते राज्य व्यवस्था समितिले कांग्रेसका सांसद बडु नेतृत्वमा संसदीय उपसमिति गठन गरेको थियो ।
यो उपसमितिले यसबीचमा तीन वटा बैठक गरिसकेको छ । आइतबारको बैठक चौथो हो ।
उपसमितिलाई एक महिनाभित्र विधेयकमाथि सहमति जुटाएर प्रतिवेदन दिन भनेको छ ।
संसदीय उपसमितिको सदस्यहरूमा सांसदहरू अशोक कुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज
प्रतिक्रिया दिनुहोस्