निजामतीमा सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने लोकसेवाको प्रस्ताव

 लोकसेवा आयोगले निजामतीमा सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने प्रस्ताव गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् ।

frontline

रेग्मीले सेवा प्रवेशमा पुरुषका लागि ३२ वर्ष र महिलाका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव लिखित रुपमै पेस गरेका छन् । समावेशीतर्फ आउने अपाङ्गता लगायतका लागि पनि ३७ वर्ष नै राख्ने भनिएको छ ।

अनिवार्य अवकाश भने ६० वर्ष कायम गरिनुपर्ने प्रस्ताव आयोगको छ । हाल ५८ वर्ष छ । यसलाई बढाएर ६० वर्ष पुर्‍याउने उनको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here