नासाको सबैभन्दा ठूलो स्पेस टेलिस्कोप प्रक्षेपण सुरू

११ पुस, काठमाडौँ । इतिहासकै सबैभन्दा ठूलो ‘स्पेस टेलिस्कोप’ जेम्स वेब स्पेस टेलिस्कोप आज अन्तरिक्षको कक्षमा प्रक्षेपण हुँदैछ ।

कूल ३० वर्ष लगाएर १० अर्ब अमेरिकी डलर लगानीमा यो स्पेस टेलिस्कोप निर्माण गरिएको हो ।

frontline

यसलाई २१औं शताब्दीको एक महत्त्वपूर्ण वैज्ञानिक प्रयासको रूपमा लिइएको छ । यो टेलिस्कोपमार्फत वेबको लक्ष्य ब्रह्माण्डमा चम्किने तारा र आकाशगंगाहरू देखाउने प्रयास गर्नु हो ।

योसँगै यो टेलिस्कोपले अन्य ग्रहहरूमा मान्छेजस्तै अन्य कुनै जीव छन् कि छैनन् भनेर खोज्नका लागि पनि प्रयोग गरिने बताइएको छ । जेम्स वेब टेलिस्कोपको नाम अपोलो मुन कार्यक्रमका आर्किटेकमध्ये एकको नामबाट राखिएको हो ।

अहिले यो टेलिस्कोप फ्रेन्च गुयानामा एरियन फाइभ रकेटको टुप्पोमा फोल्ड गरेर राखिएको छ, जसले पृथ्वीमा आफ्ना अन्तिम दिन अनुभव गर्दैछ । १० वर्षपहिले, वेबको पहिलो बोल्ट र ब्लुप्रिन्टहरू सफल भएको थियो ।

आज, दशकौंको सावधानीपूर्वक गरिएको काम, नवीनता, आशा र सपनापछि यो पुस्ताको सबैभन्दा ठूलो वैज्ञानिक उपलब्धिमध्ये एक यो टेलिस्कोप आफ्नो लक्ष्यमा पुग्न लागेको छ ।

यो प्रक्षेपण कत्तिको सफल हुनेछ त्यो त केही समयमा नै थाहा होला तर यसले एउटा इतिहास रच्ने निश्चित छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here