नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार, एउटा टिपर डुब्यो

१६ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेकाहरुलाई सकुशल उद्धार गरिएको हो ।

frontline

उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ १७ नम्बर गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो । सो टोलीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो ।

गिट्टी बालुवा बोक्न प्रयोग गरिएको एउटा टिपर भने नदीको बाँध फुटेको ठाउँमा डुबेको छ ।

नारायणी नदी |सशस्त्र प्रहरी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here