नारायणीको कटानले भगडी क्षेत्र जोखिममा

श्रोत : ईन्टरनेट

चितवन । नारायणी नदीमा बहाव घटे पनि कटान सुरु भएपछि भरतपुरको भगडी जोखिममा परेको छ । भरतपुर महानगरपालिका वडा नं २६ मा नदी कटान सुरु भएपछि भगडी क्षेत्र जोखिममा परेको हो ।

केही दिनयता यहाँ अविरल वर्षाले नदिको बहाव उच्च भएको र मौसममा सुधार आएसंगै नदीको बहाव घटे पनि यस ठाँउमा निर्माण गरिएका ठोकर भत्काउने र जमिन कटानका कारण जोखिम बढेको स्थानीय अजय महतोले जानकारी दिए ।

frontline

कटान सुरु हुदाँ भगडीको शिवालय मन्दिर उत्तर पुर्वी ठाउँमा नदीले गएराती देखि निरन्तर कटान गरेको उनले बताए । नदीले अहिले सम्म १० कट्ठा जमिन क्षति पुर्याएको छ । कटानका कारण सो क्षेत्रका स्थानिय त्रसित बनेका छन ।

चट्टान नभएकाले कटान रोकिने स्थिति नदेखिएको भरतपुर २६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनालले जानकारी दिए । उनका अनुसार नदीमा आएको भेलले ठक्कर खादा कटान भएको हो ।

गत हिउँदमा नदि किनारको ५० मिटर यताबाट मेसजाली लगाइएको थियो, कटानका कारण अहिले त्यो मेसजाली समेत नदेखिएको स्थानियले बताए।

भरतपुर २६ को भगडी क्षेत्र हरेक बर्ष नारायणी नदिले कटान गर्दै आए पनि कटान रोक्न दीर्घकालीन तटबन्धको योजना समेत नबन्दा स्थानिय जोखिम मोलेर बस्न बाध्य छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here