नारायणहिटीभित्रको व्यापारिक हिसाबले बनाइएको संरचना हटाएरै छाड्छु : मन्त्री आले

२२ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसाबले बनाइएको संरचना हटाएरै छाड्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार निजगढ विमानस्थलका विषयमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयको संरक्षणका लागि मन्त्रीस्तरीय वा मन्त्रिपरिषदबाट निर्णय गरेर संरचना हटाएरै छाड्ने बताएका हुन् ।

frontline

उनले एक पटकका लागि नभएर सदा सदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने स्पष्ट पारे ।

त्यस्तै सर्वदलीय बैठकमा निजगढ विमानस्थल निर्माणलाई अघि बढाउन प्रधानमन्त्रीलगायत सबै दल सहमत भएको उनले जानकारी दिए ।

काठमाडौं विमानस्थलको बिकल्पको रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भन्दै उनले आठ हजार ५० हेक्टर जमीन विमानस्थलको नाममा आइसकेको जानकारी दिए ।

मन्त्री आलेले विमानस्थल नजिकको नदि संरक्षणका साथै टाङ्गीया बस्ती स्थानान्तरण गरिने बताए ।

उनले विमानस्थललाई अघि बढाउनका लािग विभिन्न मोडलमा छलफल भइरहेको जानकारी गराए ।

बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज कुमार क्षेत्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्य योजनाका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here