नारायणहिटीको मन्दिरमा पूर्वराजा शाहको पूजाअर्चना

News Summary

Generated by OK AI. Editorially reviewed.

  • पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारसहित नारायणहिटी परिसरभित्र रहेको नारायणस्थान मन्दिरमा पूजाअर्चना गरे।
  • उनले शनिबार साँझ नारायणस्थान मन्दिरमा दर्शन गर्नुभएको थियो।
  • पूर्वराजा शाहको परिवार नियमित रुपमा उक्त मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न जान्छ।

१० जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारसहित नारायणहिटी परिसरभित्र रहेको नारायणस्थान मन्दिरमा पूजाअर्चना गरेका छन् ।

frontline

पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार, शनिबार साँझ पूर्वराजा शाह पूर्वरानी कोमल शाह, नाति हृदयन्द्रसहित उक्त मन्दिरमा पुगेका हुन् ।

‘नारायनस्थान मन्दिरमा नारायणको दर्शन गर्न सवारी भएको हो,’ पाठकले अनलाइनखबरसँग भने ।

उनका अनुसार, उक्त मन्दिरमा सर्वसाधरणका लागि पनि खुला छ । उक्त मन्दिरमा पूर्वराजा शाहको परिवार नियमित दर्शन तथा पूजाआर्चनाका लागि जाने गरेको पाठकले बताए ।

नारायणहिटी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here