नारायणगढ मुग्लिन सडकखण्ड १३ घण्टापछि सञ्चालनमा

फाइल तस्बिर

चितवन । गएको करिब १३ घण्टादेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड केहिबेर अगाडीबाट दुवैतर्फी सञ्चालनमा आएको छ । बिहिबार राती ८ बजे सेतिदोभानमा पहिरो खस्दा सो सडक अवरुद्ध बनेको थियो ।

लगातर बर्र्षाका भरतपुर महानगरपालिका २९ सेतिदोभानमा पहिरो बिहान ६ बजेदेखि हटाउन सुरु गरिएकोमा अहिले दुवैतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । उता नारायणगढ मुग्लिन अन्तर्गत चौध किलोमा भने सडक एकतर्फी मात्रै सञ्चालनमा छ ।

frontline

चौध किलोमा पिच भासिएकोले अहिले सडक एकतर्फी मात्रै सञ्चालनमा ट्राफिक प्रहरीले जनाएको छ । अबिरल वर्षाका कारण चौध किलोमा बिहीबार रातिदेखि नै सडक भासिएको हो । सडक भासिने क्रम अझै रोकिएको छैन । सडक सञ्चालनमा भएसगैँ लामवद्ध भएका सवारीहरु आफ्नो गन्तव्य तर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here