नारायणगढ–मुग्लिङ सडकखण्ड सुचारु
७ माघ, चितवन । बिहान साढे दुई बजेदेखि पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड केहिबेर अगाडी मात्रै सुचारु भएको छ ।
नारायणगढ–मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा गएको सुख्खा पहिरो सफा गरी बाटो सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक खण्ड ११ : १५ बजेबाट दुईतर्फी सुचारु भएको चितवन प्रहरीले जानकारी गराएको हो ।
लामो समय सम्म बाटो अवरुद्ध हुँदा सवारी साधनको चाप बढेको भन्दै विस्तारै सवारी साधन चलाउन समेत ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्