नामको लागि मात्र स्मार्ट सिटि मौलापुर नगरपालिका

मेवालाल यादव

रौतहट । २४ गते, रौतहट जिल्लाको स्मार्ट सिटीको नामले चिन्हिने मौलापुर नगरपालिका नामको लागि मात्र स्मार्ट सिटि भएको पाइएको छ ।

frontline

मौलापुर नगरपालिकाले मात्र मौलापुरमा बिकाश गरेको सर्वसाधारणको भनाई छ मौलापुर नगरपालिकाको वडा न ८ सोनरनिया देखि फतुवा विजयपुर नगरपालिकाको सितलपुर जाने बाटोमा दैनिक दुर्घटना भईरहेको कुरा मौलापुर नगरपालिकाको मेयर रिना साहलाई बारम्बार त्यहाको जनताले जानकारी गराउदा समेत अहिले सम्म मौलापुर नगरपालिकाले उक्त बाटो मर्मतको लागि केहि पहल गर्न नसक्दा मौलापुर नगरपालिकाको सोनरनिया देखि फतुवा विजयपुर नगरपालिकाको सितलपुर जाने बाटोको अवस्था जिर्ण बनेको छ ।

मौलापुर नगरपालिकाको वडा न ८ को वडाध्यक्ष बसन्त यादवले सोनरनिया देखि सितलपुर जाने बाटोले आफुलाई केहि सरोकार न रहेको कारण सडक डिभिजन मर्मत गर्ने स्थानीय रामाधार यादव बताउछन ।

प्रभु साहको क्षेत्रमा पर्ने उक्त सडक खण्ड स्मार्ट सिटीमा पनि गर्ने गरेको तर मेयरले अहिले सम्म बाटोको अवस्था हेरेर पनि न हेरेको जस्तो गरेको स्थानीय प्रमानन्द यादवले बताएको छ ।

मौलापुर नगरपालिकाको मेयर र अन्य जनप्रतिनिधिलाई सोनरनिया देखि सितलपुर जाने बाटोको अवस्थाको बारेमा जानकारी गराउदा आफु त्यो बाटो बाट आवत जावत नगरेको कारण आफुले त्यो बाटो नबनाउने मौलापुर नगरपालिकाको वडा न ८ को एक जना स्थानीयले आरोप लगाएको छ ।

मौलापुर नगरपालिकाको मेयर तथा रौतहट क्षेत्र न ३ को सांसद प्रभु साहले मौलापुर नगरपालिका स्मार्ट सिटि भएको दाबि गर्दै आए पनि मौलापुर नगरपालिकाले अहिले सम्म सोनरनिया देखि सितलपुर जानु बाटोको मर्मत गर्नको लागि पहल नगर्नु आफैमा एउटा दुखद खबर रहेको स्थानीयले बताएको छ ।

मौलापुर नगरपालिकाको सोनरनिया देखि फतुवा विजयपुर नगरपालिकाको सितलपुर जाने बाटोमा दैनिक स्थानियहरु आवात जावतमा समस्या भईरहेको समान ओसार पोसार गर्ने गाडीहरु हिलोको कारण आवत जावतमा सास्ती खेप्नु परिरहेको चालक चिरनजिवी कुशवाहाले दुखेसो पोखेको छ ।

मौलापुर नगरपालिकाको मेयर रिना साह र रौतहट क्षेत्र न ३ को सांसद प्रभु साह मात्र आफ्नो गाउँमा बिकाश गरिरहेको र अन्य ठाउँको बिकाशमा खासै चासो न लिएको देखिएको छ ।

सितलपुर देखि पाँच मिनेटमा सोनरनिया पुग्ने बाटोमा अहिले २० मिनेट देखो २५ मिनेट लाग्ने गरेको र आफुहरुलाई पढ्न जानको लागि धेरै अप्ठ्यारो भईरहेको फतुवा विजयपुर नगरपालिकाको बिधार्थीहरुलाई पढ्न जानको लागि अप्ठ्यारो हुदै आएको र साइकलमा पढ्न जादा बाटो खराब भएको कारण समयमा कक्षा कोठामा पुग्न नसक्ने र साईकल बाट दैनिक खस्दा हात खुट्टामा चोट लाग्ने गरेको स्थानीय बिद्यार्थी रमेश यादवले दुखेसो पोखेको छ ।

आफ्नो गाउँ बाट बजारको लागि गएको बाहिर जानु पर्ने बेलामा बाटो निकैनै खराब रहेको कारण बजार बाट ७ बजे फर्किने क्रममा साइकल बाट खस्दा आफुलाई चोटपटक लागेको एक जना युवकले मौलापुर नगरपालिकाको मेयर र वडाअध्यक्ष ध्यान आकर्षण गराउन खोजेको छ ।

दैनिक हजारौंको संख्यामा उक्त सडक बाट सवारी साधन ओहोर दोहोर गर्दा र दैनिक दर्जनौ सवारी साधन सडक खाराब भएको कारण दुर्घटना भईरहेको बेला स्थानियहरुले दुर्घटनामा परेको सवारी साधनहरुलाई आवत जावतमा सहयोग समेत गर्दै आईरहेको बताएको छ ।

जनताको अमुल्य मत पाएर जितेको जनप्रतिनिधिले जब जनताको कुरा सुन्दैन भने कसले सुन्ला त् जनताको कुरा भनेर मत दिएको जनताले आफ्नो जनप्रतिनिधि संग प्रशं गर्दा समेत जनप्रतिनिधिले अहिले सम्म जनताहरुको गुनासो प्रति ध्यान दिएको छैन ।

मौलापुर नगरपालिका देखि फतुवा विजयपुर नगरपालिका जोड्ने सडकको स्थितिको बारेमा जानेर पनि आफुलाई कुनै जानकारी न भएको जस्तो नगरपालिकाले गरिरहेको छ ।

मौलापुर नगरपालिकाले मौलापुर मा मात्र बिकाश गरिरहेको प्रस्टै बुझ्न सकिन्छ ।मौलापुरमा पिकनिक पार्क देखि लिएर बस पार्क समेत संचालनमा ल्याएको तर अन्य गाउमा बिकाशमा कुनै चासो न दिएको स्थानियहरुले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here