नागार्जुनका निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण

फ्रन्टलाइन, काठमाडौँ । स्थानिय तह निर्वाचन २०७९ सम्पन्न भई अधिकांश स्थानिय तहको मतगणना सम्पन्न भइसकेको छ । काठमाडौँ महानगरपालिका लगायत केही पालिकाहरुको मतगणना जारी छ । काठमाडौँको नागार्जुन नगरपालिकाको मतगणना सम्पन्न भएसंगै नवनिर्वाचित जनप्रतिनिधि प्राप्त गरेका छन् नागार्जुनबासीले । नगर प्रमुख मोहन बहादुर बस्नेत, उपप्रमुख सुशीला अधिकारी सहित केही वडाअध्यक्ष हरु फेरी निर्वाचित हुनुभएको छ ।
हालै एक कार्यक्रमका बिच नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु र सम्पुर्ण वडा सदस्यहरुलाई सम्मान सहित प्रमाणपत्र वितरण गरियो । नवनिर्वाचित जनप्रतिनिधि हरुलाई निर्वाचन अधिकृत, प्रमुख प्रशासकिय अधिकृत, स्थानिय नागरिक लगायत अन्य विभिन्न व्यक्तित्वहरुले सम्मान गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख र उपप्रमुखले सम्पूर्ण मतदाता र स्थानिय नागरिकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै यस अघिको कार्यकाल जस्तै अबको कार्यकाल पनि नागरिकका समस्या हल गर्न र समृद्ध नागार्जुन नगरपालिका निर्माणमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँहरुले समृद्ध नगर निर्माणका लागि नागरिक र जनप्रतिनिधि एकजुट भएर लाग्न आह्वान समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन नागार्जुन

poster-here