नागरिकता सम्बन्धी विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
२४ असार, काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक पेस गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक संसदमा पेश गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
आजमात्रै संसदमा विचाराधीन रहेको नागरिकता ऐन संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो।
गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त विधेयक फिर्ता लिन प्रस्ताव गरेका थिए।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले त्यसको विरोध गरेका थिए। उनीहरुले हालकै विधेयक पारित हुनुपर्ने बताएका थिए।
गृहमन्त्री खाँणले आजकै मन्त्रिपरिषद्ले नागरिकता विधेयक फेरि पेस गर्ने संसदलाई जानकारी गराएका थिए।
उनले नागरिकताबाट धेरै नेपालीहरु वञ्चित हुनुपरेको र सबैलाई समेट्नका लागि परिमार्जनसहितको विधेयक ल्याउन लागिएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस्