नागरिकता सम्बन्धि अध्यादेश जारी, व्यवस्थामा केही खुकुलो

फ्रन्टलाइन देश । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । अध्यादेशमा रहेका केही प्रावधान विवादमै रहे पनि राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको उल्लेख छ ।

frontline

विशेषगरी जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन र उसको साथ पाउनकै लागि प्रधानमन्त्रीको दबाबमा मन्त्रिपरिषद्को बैठकले जेठ ६ गते राष्ट्रपतिसमक्ष अध्यादेश पेस गरेको थियो । सरकारले पठाएका विषय जस्ताको त्यस्तै राखेर अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले ‘जन्मसिद्ध’ (जन्मको आधारमा नागरिकता लिएका) नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने विषय समेटेर अध्यादेश राष्ट्रपतिकहाँ पठाएको थियो । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाको नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि समेटिएको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दुई वर्षदेखि प्रतिनिधि सभामै विचाराधीन छ । संसद् सञ्चालन हुँदा टुङ्गोमा नपुगेको यो विषयलाई सरकारले अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको छ ।

’जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने प्रावधानमा स्वयम् एमाले र माओवादी केन्द्रले आपत्ति जनाएका थिए ।

हेर्नुहोस अध्यादेशबारे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ती ः

प्रतिक्रिया दिनुहोस्

poster-here