नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

२० असोज, अबुजा । नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको मे महिनाबाट सुरु भएको मनसुनबाट अहिलेसम्ममा ७५ जनाको ज्यान गएको हो ।

यहाँ भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ती व्यक्तिको निधन भएको हो । योबे राज्यका प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी प्रमुख मोहम्मद गोजेले दिएको जानकारीअनुसार यहाँ बाढीबाट भौतिक सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ ।

frontline

यहाँ बाढीबाट दुई सय जना घाइते भएका छन् । त्यस्तै अरु कैयौँ व्यक्ति हराएका पनि बताइएको छ । बाढीले यहाँका केही डुङ्गा हराएका छन् भने नागरिकको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । कतिपय राज्यमा घर भत्काएको र घर बगाएको सो विपत व्यवस्थापत विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here