नाइजेरियामा अपहरणमा परेका २८ जना स्कुलका बालबालिका मुक्त

श्रोत : ईन्टरनेट

नाइजर । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट जुलाइको सुरुमा अपहरणमा परेका स्कुले बालबालिकामध्ये २८ जना मुक्त भएका छन् ।

हतियारधारी समूहले अपहरण गरेका १२१ मध्ये २८ जनालाई आइतबार रिहा गरिदिएको हो । कदुना राज्यस्थित बेथेल बेप्टिस्ट हाइ स्कुलका १२१ बालबालिकालाई हतियारधारी समूहले जुलाइ ५ मा बन्धक बनाइराखेको थियो ।

frontline

नाइजेरियामा पछिल्लो समय भएका अपहरणमध्ये यस अपहरण ठूलो मानिएको छ । नाइजेरियाको उत्तरी क्षेत्रमा पछिल्लो समय लुटपाट, अपहरण, हत्या जस्ता हिंसात्मक गतिविधि तिब्र हुँदैगरेका छन् ।

स्थानीय अधिकारी जोसेफ हायाबका अनुसार रिहा भएका २८ बालबालिकाले आइतबार आफ्ना अभिभावकसँग भेट गरी खुसी साटेका थिए ।

अधिकारीका अनुसार ती बन्दी बनाइएका बालबालिकालाई अघिल्लो दिन शनिबार नै रिहा गरिएको थियो ।

तर ती स्कुले बालिकामध्ये हालसम्म ३४ बालबालिका रिहा भइसकेका छन् भने थप ८७ जना अझै हतियारधारी समूहकै कब्जामा छन् ।

पाँच जना बालबालिका भने जुलाइ २१ मा अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका थिए ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here