नहरमा भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको पन्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ ।

देशको पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा उक्त घटना भएको हो अधिकारीहरुले बताएका छन् । मृत्यु भएका ११ जनामध्ये सातजना बालबालिका, तीन महिला र एक पुरुष रहेका छन् ।

frontline

घटना भएलगत्तै प्रहरीले उक्त स्थानमा पुगेर नहरमा डुबेका व्यक्तिहरुलाई बाहिर निकालेको थियो । प्रहरीका अनुसार एउटा परिवारका सदस्यहरु पन्जाबको गुजरनवाला जिल्लामा नातेदारसँग भेटघाट गरेर आफ्नो गाउँ खानखा डोगरान फर्किँदै थिए ।

प्रत्यक्षदर्शीहरुले नहरको बाटोमा तीव्र गतिमा भ्यान दौडिएको र अनियन्त्रित भएर नहरमा खसेको बताएका छन् । पाकिस्तानमा सडकको अवस्था कमजोर रहेका कारण वर्षैपिच्छे धेरै सडक दुर्घटना हुने गरेका छन् । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्

poster-here