नव निर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको सुतेकै अवस्थामा निधन

६ जेठ, सप्तरी । सप्तरीको राजगढ गाउँपालिका-५ का नव निर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए ।

उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए । खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ ।

frontline

बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका-५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए ।

उनले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएका थिए । सदस्यमा उनीसँग एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here