नवौं राष्ट्रिय खेलकुद : तेक्वान्दोमा ११ स्वर्ण पदकसहित पुलिस विजयी

२ कात्तिक, म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा मंगलबार सम्पन्न भएकाे तेक्वान्दो खेलमा विभागीय समूह नेपाल पुलिस क्लब विजयी भएको छ ।

बेनीको कभर्डहलमा भएको प्रतियोगितामा पुलिस क्लबले सबै भन्दा धेरै पदक हात पार्दै विजयी भएको हो । प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको पुलिस विजेता बनेको हो । ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब द्धितीय तथा ३ स्वर्ण, २ रजत र ९ कास्य पदक जितेको शसस्त्र प्रहरी तेस्रो बनेको राष्ट्रिय खेलकुद परिषदका तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले जानकारी दिएका हुन् ।

frontline

मधेश प्रदेशले १ स्वर्ण, २ रजत र ५ कास्य, प्रदेश-१ ले ८ वटा कास्य, बागमतीले १ रजत र ३ कास्य, गण्डकीले ७ कास्य, लुम्बीनीले २ रजत र ४ कास्य, कर्णालीले ३ कास्य, सुदूरपश्चिम र एनआरएनएले १/१ वटा रजत पदक जितेका छन् । असोज २८ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएनएका खेलाडीले विभिन्न २१ वटा खेलमा भाग लिएका थिए ।

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, राखेपका सदस्य रमेश धमला, ओलम्पियन दिपक विष्ट, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र बेनपा ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।गिरोगीतर्फको १६ वटा खेलका स्वर्ण पदक विजेतालाई २५ हजार र ५ वटा पुम्पे खेलमा स्वर्ण पदक विजेतालाई जनही १५ हजारका दरले नगद पुरस्कार,प्रशंसापत्र प्रदान गरिएको थियो ।

मंगलबार भएको महिला ४९ केजी समूहमा सशस्त्रकी गिता विष्टले स्वर्ण, पुलिसकी अञ्जली तामाङले रजत, मधेशका मनिषा वाईवा र लुम्बिनीका रतिका शाहीले कास्य पदक जितेका हुन् । महिला ६२ केजीमा पुलिसका सुस्मिता मोक्तानले स्वर्ण र सेनाका रेश्मा थापाले रजत पदक हात पार्दा कर्णालीका वेविका बस्नेत र प्रदेश-१ का प्रज्ञा परियारले कास्य पदक हात पारेका छन् ।

पुरुष ६३ केजीमा पुलिसका गोविन्दबहादुर आलेले स्वर्ण, सेनाका राहुल कुमालले रजत, मधेशका विक्रान्त ढुंगेल र शसस्त्रका रञ्जित साउदले कास्य पदक जितेका छन् । पुरुष ६८ केजी तौल समुहमा सेनाका सगुन श्रेष्ठले स्वर्ण, बागमतीका सागर तामाङले रजत, लुम्बिनीका नविन चौधरी र सशस्त्रका मोहम्मद रितिकले कास्य पदक जितेका हुन् । पुरुष ८७ केजी तौल समूहमा पुलिसका कवि अधिकारीले स्वर्ण, मधेशका अमितकुमार सिंहले रजत, सशस्त्रका निरज देउवा र कर्णालीका सोहन राउतले कास्य पदक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here