नवौं राष्ट्रिय खेलकुद आजबाट सकिँदै
३ कार्तिक, काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद आज बिहीबारबाट सकिँदैछ ।
बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिनेछ ।
‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु भएको थियो भने समापान प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने तय भएको छ ।
नवौंको समापनमा सहभागिता जनाउने ११ टिमले मार्चपास गर्नेछन् । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिनेछ ।
अन्तिम दिन बिहीबार पुरुष फुटबल, पुरुष भलिबल लगायतको फाइनल खेलहरु हुनेछन् भने समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ ।
दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ । समापनमा टिम च्याम्पियन बन्ने टोलीलाई ट्रफी प्रदान गरिनेछ । पहिलो पटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी बनाईएको छ ।
यस पटक विभागिय टोलि नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्