नवौं राष्ट्रिय खेलकुद आज उद्घाट्न हुँदै

फाइल तस्बिर

२८ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद आज शुक्रबार अपरान्ह पोखरा रंगशालामा उद्घाट्न हुँदैछ ।

अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

frontline

राखेप सदस्य सचिव टंकलाल घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उद्घाट्नको सबै तयारी पूरा भएको जानकारी दिंदै महासंग्राममा ४ सय ४ स्वर्ण पदकका लागि ६ हजार बढी खेलाडीले प्रतिष्पर्धा गर्ने जानकारी दिनुभयो ।

७ प्रदेश, ३ विभागीय टिम र एनआरएनए गरी ११ टोलीका व्यक्तिगत र समूहगत खेलका गरि ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

राखेपले कास्की पोखरा बाहेक गण्डकी प्रदेशका अन्य सात जिल्लामा खेलहरु आयोजना गर्ने भएको छ । प्रतियोगिताको शुक्रबार उद्घाट्न हुने भए पनि खेलहरु भने गत सातादेखि नै भईरहेका छन् ।

महिला क्रिकेट पोखरा क्रिकेट मैदानमा असोज २३ गते तथा असोज २४ गतेबाट महिला तथा पुरुष ह्याण्डबल र फेन्सिङ खेल सुरु भएका थिए ।

अहिलेसम्म बागमती प्रदेशले ४ स्वर्ण १ रजत, आर्मी ३ स्वर्ण, ३ रजत ६ कास्य, एपिएफ क्लबले १ स्वर्ण ३ रजत र ६ कास्य, सुदुर पश्चिमले १ स्वर्ण र ३ कास्य, पुलिस १ स्वर्ण, प्रदेश १ ले ३ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here