नवौंँ राष्ट्रिय खेलकुद : एक सय ७३ स्वर्णसहित आर्मी अग्रस्थानमा

३ कात्तिक, काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तिमचरणमा आइपुग्दा विभागी टिम नेपाल आर्मी एक सय ७३ स्वर्णसहित अग्रस्थानमा छ । लगभग सबै पदकको छिनाफानो हुने क्रममा आर्मीले एक सय ३७ स्वर्णसहित कूल तीन सय ६९ पदक हात पारेको हो ।

नवौंँ राष्ट्रिय खेलको दोस्रो स्थान एपीएफले सुरक्षित गरेको छ । एपीएफले ६२ स्वर्णसहित दुई सय १८ पदक हात पारेको छ भने नेपाल पुलिस ६१ स्वर्णसहित एक सय ९३ पदक जित्दै तेस्रो स्थानमा छ ।

frontline

त्यस्तै आयोजक गण्डकी ३२ स्वर्णसहित एक सय १९, बागमती २२ स्वर्णसहित एक सय ४२, प्रदेश १ः १० स्वर्णसहित ८३, सुदूरपश्चिम १० स्वर्णसहित ६३, एनआरएनए १० स्वर्णसहित २६, लुम्बिनी ७ स्वर्णसहित ६८, मधेश पाँच स्वर्णसहित ३९ र कर्णालीले दुई स्वर्णसहित १८ पदक हात पारेको छ ।

नवौंँ राष्ट्रिय खेलकुदको भव्य समारोहकाबीच आज समापन गरिँदैछ । असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको प्रतियोगिताको प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा समापन गर्न लागिएको हो ।रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here