नवौँ राष्ट्रिय खेलकुद् : म्याराथनमा पुरुषतर्फ अनिशलाई स्वर्ण

 १ कात्तिक, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद्अन्तर्गत एथलेटिक्समा म्याराथनको उपाधि गण्डकी प्रदेशले जितेको छ।

गण्डीकका लगि अनिश थापा मगरले २ घण्टा २२२ मिनेट ५४ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारे। भारतीय सेनामा कार्यरत अनिशले प्रतियोगिताका लागि नै पोखरा आएका थिए।

frontline

अनिश आर्मीका कृष्ण बस्नेतलाई पछि पारेका थिए। बस्नेतले २ घण्टा २३ मिनेट १४ सेकेन्डको समय निकाल्दै दूरी पूरा गर्दा रजत जितेका एपिएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेन्डसहित कास्य हात पारे। जितपछि अनिशले आफू भारतीय आर्मीमा पनि दौँडिने गरेकाले सफलता हात पारेको बताए। उनले भने ‘म भारतीय आर्मीमा हुँदा पनि नियमित दौँडिन्छु। साथै राष्ट्रिय स्तरका महवपूर्ण प्रतियोगितामा पनि दौँडिरहेको हुन्छु।’

यद्यपि, पर्वतका अनिशले पहिलो पटक राष्ट्रिय खेलकुदमा स्वर्ण हात पारेको बताए। उनले भने ‘राष्ट्रिय खेलकुदमा पहिलो पटक यो उपलब्धि हासिल गरेको छु।

यदि देशले अन्तरार्ष्ट्रिय सहभागिताका लागि बोलाएमा म उपस्थित हुने छु।’ उनी विगता एकदशक लामो समयदेखि भारतीय आर्मीका रूपमा कार्यरत रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here