नवीन पटेललाई ‘सम्राट सुर संग्राम २०८१’ को प्रथम उपाधी, सम्मानित गरिँदै सम्मान पत्र प्रदान

मेवालाल यादव

सर्लाही — सर्लाही जिल्लाको धनकौल गाउँपालिकामा श्री राम हनुमान आराधना मण्डल नेपालको आयोजनामा सम्पन्न ‘सम्राट सुर संग्राम २०८१’ प्रतियोगितामा नवीन पटेलले आफ्नो उत्कृष्ट कलात्मक प्रस्तुतिका साथ प्रथम उपाधी हात पार्न सफल भएका छन्।

frontline

उक्त कार्यक्रमको प्रमुख अतिथि धनकौल गाउँपालिका प्रमुख श्री रामाश्रय साहबाट सम्मान पत्र ग्रहण गर्दै पटेलले आफूलाई गर्वान्वित महसुस भएको बताएका छन्। उनले प्रतियोगितामा निर्णायक मण्डल, आयोजक समिति तथा सम्पूर्ण सहयोगीहरूलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दै आफ्नो आगामी कलात्मक यात्रामा अझ निखार ल्याउने प्रतिबद्धता जनाएका छन्।

समारोहमा विभिन्न सांगीतिक प्रस्तुति तथा सम्मान कार्यक्रमहरू समेत आयोजना गरिएको थियो। आयोजक मण्डलका अनुसार यस प्रकारका कार्यक्रमहरूले नवप्रतिभालाई पहिचान दिलाउने र प्रोत्साहित गर्ने कार्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here