नवलपुर देवचुलीमा रोकिएको मतदान पुन: सुरु

५ मंसिर, नवलपुर । नवलपुरकाे देवचुली नगरपालिकामा मतपेटिका जलाइदिएपछि रोकिएको मतदान पुन: सुरु भएको छ ।

आज सोमबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रोकिएको थियो ।

frontline

कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेश सभाको समानुपातिक तर्फका लागि मात्र मतदान गराइएको हो । मतदानस्थलमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

सोमबार बिहान १० बजेदेखि क्षेत्र नम्बर १ को मतगणना देवचुलीको मतदान सकिएको २ घण्टाभित्र गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here