नवलपरासी बाढी पीडित : समयमा राहत नपुग्दा खालिपेट बस्न बाध्य

नवलपरासी । पश्चिम नवलपरासी बाढी पीडितका लागि समयमा राहत सामाग्री नपुग्दा खालिपेट बस्न बाध्य भएका छन् । बाढीले खाद्यन्नदेखि भाडाँकुडाँ समेत बगाएपछि यतिबेला रामग्राम नगरपालिकाका बाढी पीडित समस्यामा छन् ।

भदौ १० गते आएको बढीले घरमा केही पनि बाँकी नरहेको पीडित परिवारको दुखेसो छ । रामग्राम१ बस्ने जनार्दन बाँसफोर भन्नुहुन्छ, ‘हाम्रो त खाने खाद्यन्न सामाग्री सहित भाडाँकुँडा पनि बचेन ।’ उहाँले यति ठूलो बाढी गाउँमा पहिलो पटक देखेको बताउनुभयो ।

frontline

बाढीले लगाउन कपडा समेत नछोडेपछि अहिले उनीहरुलाई लगाउन खान नै मुस्किल छ । बाढीको सबैभन्दा ठूलो असर सदरमुकामको रामग्राम नगरपालिका भित्रका १,२,३,५,६ वडामा देखिएको छ । यहाँका अधिकांश मानिसको शरीरमा लगाएको कपडा बाहेक बाढीले अरु केही सकुशल नछोडेको पीडितहरुले बताए ।

रामग्राम–१ बस्ने पुरन चौधरिले भन्नुभयो, ‘यस्तो विपतको बेला राज्य पक्षबाट पनि हेपिएको महशुस गरेका छौं । सबैभन्दा धेरै प्रभावित पालिका भित्र अहिलेसम्म न त राहत आयो न त क्षतिको विवरण संकलन गर्ने काम भयो ।’

रामग्राम नगरपालिकामा बाढी प्रभावित वडाहरूमध्ये वडा नं. १ सहुवाटिकरमा अधिकांश गरिब घर रहेका छन् जुन नदिको छेउ मै छन् । यहाँ बस्ने स्थानियहरू राहतको पर्खाइमा छन् । बाढी आएको दुई दिन बितिसक्दा पनि राहत नआएर समस्यामा परेको पीडितहरुको भनाइ छ । त्यतिमात्र नभई यहाँ कुनै सरकारि निकाय पनि अहिलेसम्म क्षतिको विवतरणदेखि संकलनदेखि कुनै सान्तवना दिनसम्म पनि कोही नपुगेको उनीहरुको गुनासो छ ।

अहिलेको बाढी २०४५र०४६ को भन्दा कयौं गुना ठूलो थियो । यो बाढीको सतह सरकारि कार्यालयमा समेत ५र६ फिट रहेको थियो । नेपाल प्रहरी पश्चिम नवलपरासि र नेपाली सेनाको व्यारेक समेत बाढीको डुबानमा पर्यो । बाढी पिडितलाई उद्दार गरिरहेको निकाय स्वयं बाढीको डुबानमा पर्यो ।

यता प्रमुख जिल्ला अधिकारी ध्रमेन्द्र कुमार मिश्रको टिम हिजो सिमावर्ति क्षेत्रको बाढी डुबान क्षेत्रमा अवलोकन गरेको छ । यस्तै पूर्व संविधानसभा द्वोय विक्रम खनाल र देवकरण कलावरल ( जैसवाल) र स्थानिय नेता उमेश चन्द यादवको समूहले प्रतापपुर गाउँपालिका वडा नं. ३ नन्दपुरको मुसहर बस्तीमा करिब ४० घरदुरिलाई राहत वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here