नवलपरासीमा ४० वडाको नतिजा घोषणा, १७ वडामा कांग्रेसको जित

३ जेष्ठ, परासी । पश्चिम नवलपरासीमा अहिलेसम्म घोषणा भएको नतिजा अनुसार कांग्रेसले सबैभन्दा बढी वडा जितेको छ ।

 ७ स्थानीय तहमा ७४ वडा छन् । मंगलबार बिहानसम्म ४० वडाको नजिता घोषणा गरिएकोमा १७ वडा कांग्रेसले जितेको छ । 

frontline

दोस्रोमा एमालेले ८ वडा जितेको छ । राप्रपा र जसपाले ५/५ वडा जितेका छन् । माओवादी केन्द्रले २ वडा जितेको छ । स्वतन्त्र, लोसपा र जनता प्रगतिशिल पार्टी(जप्रपा)ले १/१ वडा जितेका छन् । 

शनिबार बिहानदेखि मतगणना भएपनि अहिलेसम्म कुनै पनि पालिकाका प्रमुख र उपप्रमुखको नजिता आउन सकेको छैन ।

 सबै पालिकाको शुक्रबारसम्म बिहीबारसम्म नतिजा आउन सक्ने सहायक मुख्य निर्वाचन अधिकृत रुद्र प्रसाद रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here