नवलपरासीमा मतदान अधिकृत प्रहरी नियन्त्रणमा

१ मंसिर, परासी । नवलपरासीमा एक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ अन्तरगत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त गरेको छ।

frontline

५६ वर्षीय चौधरी पाल्हीनन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत हुन्। निर्वाचन सामग्री बुझ्ने क्रममा मुख्य निर्वाचन अधिकृतसँग मादक पदार्थ सेवन गरी अस्वभाविक व्यवहार देखाएकाले उनलाई नियन्त्रणमा लिएको डीएसपी भोजराज पाण्डेले बताए।

उनको ठाउँमा वैकल्पिक मतदान अधिकृतलाई खटाइएको छ। नियन्त्रणमा रहेका चौधरीलाई मुख्य निर्वाचन अधिकृतको निर्देशनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here