नवनिर्वाचित सांसदहरुले लिए शपथ

७ पुस, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित समारोहमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाएका हुन्।

ज्येष्ठ सदस्य जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार शपथ लिएपछि आज अन्य सांसदहरुलाई शपथ खुवाएका हुन्।

frontline

शपथ समारोहमा  अधिकांश सांसदहरुले राष्ट्रिय पोशाक लगाएका थिए भने कतिपयले आफ्नो सांस्कृतिक पहिचान झल्काउने पोशाकमा सजिएका थिए। १४ सांसदले मातृभाषामा शपथ लिएका हुन्।

प्रतिनिधिसभाको निर्वाचन भएको ३३ दिनपछि सांसदले बिहीबार शपथ लिएका हुन्।

प्रतिनिधिसभामा २७५ जना सांसद छन्।

शपथपछि सांसदहरुलाई सांसदको लोगो वितरण गरिएको थियो। 

संसद बैठकबाट सभामुख चयन नभएको अवस्थामा सांसदमध्येका ज्येष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ।  अब राष्ट्रपति भण्डारीबाट संसद अधिवेशन आह्वान भएपछि तोकिएको समयमा बैठक बस्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here