नवनिर्वाचित उपसभामुख रानाले लिइन् शपथ

९ माघ, काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले सोमबार पदको पद तथा गोपनीयताको शपथ लिएकी छन्। 

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको उपस्थितिमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे समक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन्। 

frontline

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ को अनुसूची २ बमोजिम शपथ लिएकी राष्ट्रपति कार्यालयले जनाएको छ। 

पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबार आएर पदबहाली गरेकी छन्। 

उनलाई संसद् सचिवलयका महासचिव डा भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले स्वागत अभिवादन गरेका थिए। 

उनी यही माघ ७ गते प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा चयन भएकी हुन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here