नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम-बागचौर नगरपालिका

बागचौर नगरपालिका–७ ठुलागाडाकोटस्थित श्री बालबोध आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रताव वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष प्रेमबहादुर डाँगी विशिष्ट अतिथि तथा निवर्तमान वडा अध्यक्ष शेरबहादुर घर्ती अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

frontline

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गौतमले शिक्षा क्षेत्रको विकास नै समृद्ध समाज निर्माणको आधार भएको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षाका लागि दक्ष शिक्षकसँगै व्यवस्थित भौतिक पूर्वाधार आवश्यक रहने उल्लेख गर्दै विद्यालयमा निर्माण भएको नयाँ भवनले विद्यार्थीहरूलाई सुरक्षित, व्यवस्थित र सहज वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीय सरकार शिक्षाको गुणस्तर सुधार, विद्यालय पूर्वाधार विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा निरन्तर प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा विद्यालयको शैक्षिक, सामाजिक तथा भौतिक विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रमको सञ्चालन शिक्षक रणबहादुर कार्कीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here