नर्भिक अस्पतालका सञ्चालक चौधरीको लगानी रहेको मदिरा कम्पनिले चिसोमा मदिरा पिउँदा चिसो भाग्ने विज्ञापन !

श्रोत : ईन्टरनेट

६ माघ, काठमाडौं । नर्भिक अस्पतालका मालिक हुन् बसन्त चौधरी । उनै चौधरीको सहलगानीमा अर्को एक मदिरा उत्पादन कम्पनि पनि छ ।

‘दि नेपाल डिस्टिलरिज’ नामक उक्त कम्पनिले नेपाल लगायत विभिन्न मुलुकमा ‘खुकुरी स्पाइस्ड रम’ विक्री गर्दै आएको छ । सोही कम्पनिले एउटा विवादास्पद विज्ञापन गरेको छ ।

frontline

चिसो भगाउन भन्दै मदिरा पिउनुपर्ने ‘विवादास्पद’ विज्ञापन सामाजिक सञ्जालमा कम्पनिको आधिकारीक फेसबुकबाट प्रचार गरिएको छ ।

उक्त विज्ञापनमा चिसोमा हिटर ताप्नुभन्दा मदिरा पिउनुपर्ने उल्लेख छ । जबकी मदिरा स्वास्थ्यका लागि हानिकारक बस्तु हो ।

तर, अस्पताल सञ्चालक चौधरीले नै सञ्चालन गरेको मदिरा कम्पनिले चिसोमा मदिरा पिउँदा चिसो भाग्ने झूटो विज्ञापन गर्दै आएको छ ।

चिसोमा धेरै मदिरा पिउँदा के–के समस्या हुन्छ ?

एक चिकित्सकका अनुसार जाडो मौसममा चिसोका कारण हाम्रो शरिर कक्रक्क परेको हुन्छ ।

जाडोमा धेरै शारिरक व्यावाम नगर्नानाले पनि शरिर कक्रक्किन्छ ।

तर, यस्तो हुँदा मदिरा वा चुरोट पिउनु विष पिए सरह भएको उनको भनाई छ ।

वीर अस्पतालमा न्युरोलोजी डिपार्टमेन्टमा कार्यरत ती डाक्टरका अनुसार जाडोमा मदिराले तत्कालिन अवस्थामा तातो बनाएपनि दिर्घकालिन रुपमा गम्भिर असर देखापर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here