नयाँ शैक्षिक सत्र असार १ गते एउटा पानामा मात्र सीमित -रिन्कु ढकाल, पृन्सिपल युरेसिअन स्कुल

यही बैशाख ५ गते खुलानेपालमा मेरो लेख विद्यालय बन्द मात्र हो त उपाय ? प्रकाशन गर्दागर्दै म स्वयम् विद्यालय बन्द गर्न बाध्य भएँ । कारण सरकारबाट आएको निर्देशन र हाम्रा अभिभावकको चिन्ता र डर । त्यही भएर मैले नै सरकारको निर्णय भन्दा अगावै विद्यालय बन्द गर्न र अनलाइन सिकाईलाई निरन्तरता दिएँ ।

म स्वयम् एउटा अभिभावक भएकोले गर्दा उहाँहरुको चिन्ता जायज लाग्यो तर सरकारप्रति भने मेरो गुनासो यथावत नै छ । यो समय धेरै नै भयावह छ भन्ने हामी मान्छौं । तर नसोची र विश्लेषण नै नगरी छिटो छिटो गरिने निर्णय र हामीहरुले पालना गर्नै पर्ने बाध्यताले साच्चि कै हाम्रा नानी बाबुका भविष्यप्रति प्रश्न चिन्ह उठेको छ । शिक्षा क्षेत्रसँग जहिले खेलबाड नै भई रहेको पाइएको छ । चाहे नेपाल बन्द, चक्का जाम वा कुनै महामारी ।

frontline

२०७६ सालको अन्त्यतिर देखि शुरु भएको कोभिड १९ (कोराना भाइरस) २०७८ साल सम्म आइपुग्दा झन् बढी सक्रिय र भयावह स्थितिमा देखा परेको छ । तर हामीले भने केही पाठ नसिकेको जस्तो भान हुन्छ, न कुनै पूर्व तयारी नै गरिएको पाइन्छ । अब फेरि यो अन्तिम वार्षिक परीक्षाका लागि दुविधा बिच निर्णय लिईने छ । मेरो मान्यता छ, तोकिएको मिति र रुटीनका आधारमा फरक मोडेलमा परीक्षा अवश्यक हुनुपर्छ । सरकारले तोकेको नयाँ शैक्षिक सत्र २०७८ साल असार १ गते छ । तर मैले देखे, बुझे र जाने अनुसार यो निर्णय एउटा पानामा मात्र सीमित छ । कमैले मात्र चैत्रमै परीक्षा लिइ सकेका छन्, केही लिने तरखरमा त कोही पर्खाइमा ।

तर, कोरोनाको दोस्रो लहर फैलिए सँगसँगै बैशाख १७ भित्र परीक्षा सक्नु पर्ने पत्र पठाईयो । त्यहाँ शैक्षिक सत्र कहिले देखि शुरु गरिनु पर्ने भन्ने उल्लेख थिएन । सिधा सम्पर्क गरी सोध्दा पनि कुनै उत्तर थिएन । यसबाटै हाम्रो शिक्षा नीति कस्तो छ भन्ने प्रस्ट झल्किन्छ ।
अर्काे सूचना आएसँगै सम्पूर्ण परीक्षाहरु स्थगित गर्न लगाई विद्यालय धमाधम बन्द गरियो । यति गर्दा पनि कतै परीक्षा सक्ने हतारो देखियो, कतै Graduation को छोपी लाउने हतारो देखियो । कतै भर्ना गर्ने हतारो देखियो । देखिएनत कोरोनाको भयावह त्रास, न त पिडा ।
यसमा सरसर्ती हेर्दा न संस्थापकहरुकै दोष, न त अभिभावहरुकै । सेवा दिने र उपभोग गर्ने दुवै बिच स्पष्ट रुपमा समन्वय हुन जरुरी हुन्छ ।
जहाँसम्म शुल्कको कुरा छ, संस्थाले तोकिए बमोजिम लिनुपर्ने शुल्क, अभिभावहरुले नियम अनुसार दिनुपर्ने शुल्क र शिक्षक शिक्षिकाले आपूmले पाउनु पर्ने शुल्क तीनै पक्ष जोडिएका हुन्छन् र यो हाम्रो जिम्मेवारी र दायित्व पनि हो । अहिलेको परिस्थिति अनुसार शिक्षकहरु प्रविधिसंग सिपालु भएका छन् । अनलाइन सिकाईलाई अझ प्रभावकारी बनाउन सकिँदो रहेछ भन्ने सिकाई अभ्यासबाट थाहा भईसकेको छ । र अनलाइनलाई अझ प्रभावकारी बनाउन हामीले सिकाईलाई पढाईमा जोड्न सक्नुपर्छ ।

हामी मान्दछौं, यो समय धेरै नै भयावह छ तर सरकारले शिक्षा क्षेत्रलाई नजरअन्दाज गरेको परिणाम हो यो । शिक्षामा राजनीति गरिएको परिणाम हो यो । सरकारले बुझ्नुपर्छ, शिक्षाको माध्यमबाट नै मानिसमा चेतना ल्याउनु पर्ने हुन्छ, हैन र ? जबसम्म मानिसमा ज्ञान हुन्न तब सम्म ऊ कहिले पनि अनुशासित हुन्न । जब सम्म चेतनाको बिकास भई आपूm संयम अनुशासित हुँदैन, स्वास्थ्य क्षेत्रमा अझ जटिल र भयावह स्थिती उत्पन्न भई नै सक्छ । त्यसैले समयमै सचेत हौं ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here