नयाँ भेरियन्ट’ओमिक्रोन’प्रति भारत चिन्तामा, जोगिन सबै फ्लाइट रद्द गर्न माग

१२ मंसिर, नयाँ दिल्ली ।  कोरोना भाइरसको नयाँ भेरिन्ट ‘ओमिक्रोन’ देखा परेसँगै विभिन्न देशहरु यसबाट बच्न सजगता अपनाउन सुरु गरिसकेका छन्। छिमेकी देश भारतमा पनि यसबाट जोगिन कडा नियम लागू गर्नुपर्ने माग अघि सारिएको छ। 

दिल्लीका मुख्यमन्त्री अरिवन्द केजरिवालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रभावित देशबाट हुने सबै फ्लाइट रद्द गर्न माग गरेका छन्। उनले अफ्रिकालगायत प्रभावित देशको यात्रामा पनि प्रतिबन्ध लगाउन माग गरेका छन्।

frontline

उनले यसअघि पनि हवाई यात्राकै माध्यमबाट भारतमा पहिलोपटक कोरोना संक्रमण देखिएको स्मरण गराएका थिए। उनले कोरोनाको नयाँ भेरियन्ट रोक्न भारतमा सबै प्रकारका प्रयासहरु हुनुपर्ने बताए। 

त्यस्तै राज्यसभा सांसद संजय सिंहले यो बेला सर्वदलीय बैठक आह्वान गर्नुपर्ने बताएका छन्। उनले केन्द्रीय सरकारलाई स्पष्ट निर्देशन जारी गर्नुपर्ने र सबै पार्टी सम्मलित सर्वदलीय बैठकको आह्वान गर्नुपर्ने बताए।

यस सम्बन्धमा प्रधानमन्त्री मोदीले सरोकारवालाहरुसँग छलफल सुरु गरिसकेको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here