नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार, शिक्षक भने हड्तालमा

२४ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८२ वैशाखबाट सुरु हुने नयाँ शैक्षिकसत्रको भर्ना अभियान योजना बनाउँदै छ । तर भर्ना अभियानको मुख्य सरोकार राख्ने शिक्षकहरू भने सडक आन्दोलनमा छन् ।

शिक्षकहरूको आन्दोलन जारी रहे नयाँ भर्ना अभियान समेत प्रभावित हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियानको योजना बनाएर फाइल मन्त्रालयमा पठाएको छ । ‘भर्ना अभियानको गृहकार्य भइरहेको छ । योजना बनाएर मन्त्रालयमा पठाएका छौँ,’ केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले भने ।

frontline

केन्द्रले भर्ना अभियान, निःशुल्क पाठ्यपुस्तक, प्रारम्भिक बालविकास, छात्रवृत्ति लगायतका योजना बनाएको छ । शैक्षिकसत्र अगाडि नै विद्यार्थीलाई हातहातमा पुस्तक पुर्‍याउने योजना सहित पुस्तक जिल्ला जिल्लामा पठाउने काम भइरहेको छ । तर विद्यालयबाट विद्यार्थीलाई वितरण गर्न शिक्षक नै सडक आन्दोलनमा छन् ।

भर्ना अभियान सुरु हुनुअघि शिक्षकसँग सहमति हुने विश्वास केन्द्रको छ । ‘शिक्षकहरूले जिम्मेवारीवोध गर्नुहुन्छ । संसदको समितिमा विधेयक छ । उपसमिति बनाएर प्रक्रिया अगाडि बढेको छ । प्रधानमन्त्री र मन्त्रीले चासो दिनुभएको छ । छिटै सहमति हुने विश्वास छ,’ महानिर्देशक काप्रीले भने ।

शिक्षक महासंघले भने चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा नै गरेको छ । यदि वैशाखअघि सहमति नभए ७० लाख बढी बालबालिकाको पढाइ प्रभावित हुनेछ ।

विद्यालय भर्ना अभियान |शिक्षक आन्दोलन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here