नयाँ बानेश्वरका खुद्रा व्यवसायीहरु आन्दोलित
खोप नलगाई व्यापार गर्नसक्ने अवस्था आएको भन्दै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले खोप माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा
,काठमाडौं । कोरोनाविरुद्धको खोप माग्दै नयाँ बानेश्वरका खुद्रा व्यवसायीहरु आन्दोलित भएका छन् ।
खोप नलगाई व्यापार गर्नसक्ने अवस्था आएको भन्दै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले खोप माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
सोमबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले खोपको माग गर्दै सरकारको ध्यानकर्षण गराउने तथा आन्दोलनका कार्यक्रमअघि बढाउने निर्णय गरेको संघका अध्यक्ष रामशरण गिरीले बताए ।
‘सोमबार बसेको बैठकले खोप माग्दै शुक्रबारसम्म प्रचार, पम्पप्लेट टाँसेर सरकारको ध्यानाकर्षण गराउने र शनिवार बानेश्वरमा प्रर्दशनसहितको बिरोध कार्यक्रम गर्ने निर्णय गरेको छ,’ अध्यक्ष गिरीले भने ।
लामो समयदेखिको निषेधाज्ञाका कारण बन्द अवस्थामा रहेको व्यवसाय खोपको उपलब्धता नहुँदासम्म सहज हुने अवस्था नदेखिएको पनि गिरीको भनाइ छ ।
व्यवसाय सञ्चालन गर्न खोप अनिवार्य भएकाले सोको उपलब्धताको सुनिश्चित गर्नैपर्ने संघको माग छ ।
प्रतिक्रिया दिनुहोस्