नयाँ बसपार्कमा ३३ वर्षीया महिलामाथि सामूहिक बलात्कार, आठ जना पक्राउ
१४ पुस, काठमाडौं । नयाँ बसपार्कमा एक ३३ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरिले घटनाको पुष्टि गरेका हुन् ।
एसएसपी गीरिका अनुसार बसपार्कको तीनवटा होटलमा दुई दिनदेखि ती महिलामाथि सामूहिक बलात्कार भएको हो ।
मंगलबार दिउँसो ३.३० बजेतिर पीडित महिला प्रहरी सम्पर्कमा आएपछि घटना सार्वजनिक भएको हो ।
बलात्कार आरोपमा बसपार्कबाट आठ जना पक्राउ परेका छन्। मंगलबार ७ जना र बुधबार बिहान १ गरी ८ जना प्रक्राउ परेको प्रहरीले बताएको छ। एकजना भने फरार छन् ।
ती महिला काम खोज्ने सिलसिलामा सुर्खेतबाट पुस १२ गते काठमाडौं आएकी थिइन्।
भारत गएका श्रीमान वेपत्ता भएपछि उनी दुई बच्चाको लालनपालनका लागि भौतारिदै काठमाडौं आएको बताइएको छ।
महिलाको थापाथलीस्थित प्रसूति गृहको एकद्वार संकट व्यवस्थापन केन्द्रको सेन्टरमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्