नयाँ नेतृत्व आइसक्दा पनि एनआरएनए विवादसम्बन्धी मुद्दा विचाराधीन

आज चार थान रिटमाथि सुनुवाइ हुँदै

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को महाधिवेशन शनिबारदेखि सुरु भएको छ । महाधिवेशनबाट डा.शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनबाट कांग्रेस निकट महेश श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी समूहको सहभागिता बिनै एकता महाधिवेशन भएको हो ।

frontline

महाधिवेशनबाट नयाँ नेतृत्व आइसक्दा पनि एनआरएनए विवादसम्बन्धी मुद्दाहरूको टुङ्गो भने लागेको छैन । आइतबार सर्वोच्च अदालतमा एनआरएनए विवादसम्बन्धी चार मुद्दामाथि सुनुवाइ हुँदैछ ।

न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासमा महाधिवेशन ६ महिना सार्न परराष्ट्र मन्त्रालयको सुझावअनुसार महान्यायाधिवक्ताकाे कार्यालयले दायर गरेको रिट र बद्री केसीले दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ ।

यस्तै न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा एनआरएनए अध्यक्ष बद्री केसीसहित गैरआवासीय नेपाली सङ्घको कार्यकारणी समितिका पदाधिकारीलाई विपक्षी बनाएर अधिवक्ता थानेश्वर काफ्ले र एनआएरएन उच्चस्तरीय समितिका संयोजकसहितलाई विपक्षी बनाएर एनआरएनए ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्की महिला उपाध्यक्ष रोजिना प्रधान राईलगायतले दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ ।

#एनआरएनए #विवादसर्वोच्च अदालत

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here