नयाँ निर्वाचन तालिका, मतदान सोमबार बिहान ८ देखि १:२५ बजेसम्म
१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशनअन्तर्गत संशोधनसहितको निर्वाचन तालिका सार्वजनिक गरेको छ।
नयाँ नेतृत्व चयनका लागि माओवादीले आइतबार संशोधनसहितको निर्वाचन तालिका प्रकाशन गरेको हो। यद्देपी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत रुपले पदाधिकारी चयन गर्न बहुपक्षीय छलफलमा जुटेका छन्।
सर्वसम्मति पदाधिकारीसहित केन्द्रीय सदस्यहरु चयन गर्न अध्यक्ष दाहाललगायतका शीर्ष नेताहरु बिहानैदेखि छलफलमा जुटेका छन् ।
अध्यक्षमा फेरी दाहाल आउने भएका छन् । तर, पार्टी महासचिवका लागि आकांक्षीहरु धेरै जना देखिएपछि त्यसको व्यवस्थापन गर्न अध्यक्ष दाहाललाई सकस परेको हो। आज सर्वसम्मत नभए भोलि चुनाव हुने निश्चित भएको हो।
यसअघि शनिबार माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेको थियो। तर, सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयासमा माओवादीले तालिका सार्वजनिक गरेलगत्तै स्थगित गरेको थियो।
नयाँ तालिका अनुसार उम्मेदवारको मनोनय पत्र दर्ता आइतबार बेलुका ४ बजेदेखि ६ बजेसम्म तोकिएको छ।
यस्तै उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन ६:३०, उम्मेदवारको विरोधमा उजुरी दिने समय ७ बजेसम्म तोकिएको छ।
८: ४५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
यस्तै, मतदान सोमबार बिहान ८ देखि १:२५ बजेसम्म हुनेछ। मतदान समाप्त भएको १ घन्टापछि मतगणना हुनेछ।
मत गणना सकिएपछिपरिणाम सार्वजनिक हुनेछ।
प्रतिक्रिया दिनुहोस्