नियमन प्राधिकरणमार्फत सहकारी समस्या समाधान हुन्छ : प्रधानमन्त्री

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको विद्यमान समस्या समाधान गर्ने विषयमा नीति तथा कार्यक्रम प्रष्ट रहेको बताएका छन् ।
प्रतिनिधिसभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेका जिज्ञासको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।




सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्याहरू समाधान गरिने विषय नीति तथा कार्यक्रममा उल्लेख रहेको उनले बताए ।
‘समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएका छन्,’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया दिनुहोस्